दफा २४२
बिगो भराउने कार्यविधि
(१) फैसला बमोजिम बिगो भराई लिने सिलसिलामा बिगो भरी पाउने पक्ष दफा २३५ बमोजिम तारिखमा रहेमा अदालतले त्यस्तोपक्षले बिगो भराई लिन चाहे वा नचाहेको विषयमा कागज गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कागज गराउँदा बिगो भराई लिन पाउने पक्षले बिगो भराई लिन नचाहेमा त्यसरी बिगो नलिएकोकारणबाटसृजना हुने परिणाम समेत बुझाई अदालतले त्यसै दिन फैसला कार्यान्वयन सम्बन्धी विषय अन्त्य गरी बिगोको लगतकट्टागर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कागज गराउँदा बिगो भरी पाउनेले बिगो भराई लिन चाहेमा र बिगो भराई दिने पक्ष तारिखमा रहेकोभएअदालतले निजलाई फैसला बमोजिम तिर्नु पर्ने बिगो बुझाउनको लागि बढीमा पैँतीस दिनसम्मको समय दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको समयभित्र बिगो बुझाउने पक्षले नगद, बैङ्कले जारी गरेको गुड फर पेमेन्ट चेक वा अन्यकुनैमाध्यमबाट बिगो बमोजिमको रकम अदालतमा दाखिला गर्नु पर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिगो बुझाउने पक्षले बिगो बापतको रकम आफ्नो कुनै सम्पत्तिबाटअसुलगर्न अदालत समक्ष अनुरोध गर्न सक्नेछ ।
(६) बिगो बुझाउने पक्ष अदालतमा हाजिर नभएमा वा उपस्थित भएपनि उपदफा (३) बमोजिमको समयभित्र बिगो बापत रकमनबुझाएमा,उपदफा (५) बमोजिम सम्पत्ति नदेखाएमा वा त्यसरी देखाएको सम्पत्तिबाट बिगो भराउन सम्भव नभई बिगो भराई पाउनेलेमञ्जुर नगरेमा निजले बिगो भरी पाउने पक्षले बिगो बुझाउने पक्षको अन्य सम्पत्ति देखाई त्यस्तो सम्पत्तिबाटबिगोभरी पाउन अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(७) यस दफा बमोजिम बिगो असुल गर्दा कुनै सम्पत्ति रोक्का राख्नु पर्ने भएमा अदालतले त्यस्तो सम्पत्ति रोक्काराखीआवश्यकता अनुसार सो सम्पत्ति लिलाम बिक्री समेत गरी बिगो भराई दिनु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम सम्पत्ति लिलाम बिक्री गर्दा बिगो भन्दा बढी रकम प्राप्त भएमा अदालतले त्यसरी बढी रकम बिगोबुझाउने पक्ष उपस्थित भए निजलाई तुरुन्त फिर्ता गर्नु पर्नेछ ।
(९) उपदफा (८) बमोजिम सम्बन्धित पक्षले रकम बुझी नलिएमा अदालतले त्यस्तो रकम धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
(१o) उपदफा (९) बमोजिम धरौटी खातामा रकम जम्मा भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले रकम लिन नआएमा त्यस्तो रकमसरकारी आम्दानीमा बाँधिनेछ ।
(११) बिगो भरी दिनु पर्ने सम्पत्ति अर्को जिल्लामा रहेको भए अदालतले बिगो भराउन सम्बन्धित अदालतमा लेखी पठाउनुपर्नेछ।
(१२) उपदफा (११) बमोजिम लेखी आएमा सम्बन्धित अदालतले समेत यस दफा बमोजिम बिगो भराई सोको जानकारी त्यस्तो अदालतलाईदिनु पर्नेछ ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बिगो भरी पाउने व्यक्तिले बिगो बुझाउनु पर्ने व्यक्तिबाटसम्पत्ति दबाए लुकाएको पत्ता लगाई निज जीवित छँदै ल्याएमा अदालतले त्यस्तो सम्पत्ति लिलाम बिक्री गरी निजलेपाउने बिगोसम्मको रकम त्यस्तो व्यक्तिलाई बुझाई दिनु पर्नेछ ।
(१४) यस दफा बमोजिम बिगो भराई दिए बापत अदालतले त्यस्तो बिगोको तीन प्रतिशत दस्तुर बिगो पाउने व्यक्तिबाट लिनुपर्नेछ।
(१५) यस दफा बमोजिम कुनै व्यक्तिको बिगो भराउने सम्बन्धमा बिगो भराई दिनु पर्ने पक्षले पूरै वा नपुग बिगो कुनैबाणिज्य बैङ्कको बैङ्क जमानत पत्र दाखिल गरी किस्ताबन्दीमा बुझाउने सुविधा पाउन अदालतमा निवेदन दिएमा रत्यसमाबिगो भरिपाउने सम्बन्धित पक्षको मञ्जुरी भएमा अदालतले किस्ताबन्दीमा त्यस्तो बिगो भराई दिन सक्नेछ ।